भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरबाही किन ?

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा लापरबाही किन ?

उचित र काम लाग्दो नियम कानून र प्रणालीको व्यबस्था गरि सोही बमोजिम कार्यान्वयन गर्नुले मान्छे सभ्यताको उचाइमा पुग्ने गरेको छ । मान्छेको आ– आफ्नो आनीबानी, व्यबहार, शैली, तवरतरिका र स्वभावका कारण त्यही मानिस, लामो समयदेखि यो संसारमा सबै कुरालाई आफ्नो वसमा पार्दै आएको छ ।

कहीँ विकासको उच्च शिखरमा पुगेको छ भने कहीँ कतै साह्रै दयनीय र झर्को लाग्दो अवस्थामा छ । नियम, प्रणाली, नियमितता जस्ता कुराको व्यवस्थाविना हरेक काम लथालिङ्ग हुन्छ र उपलब्धि हुँदैन । साथै परिणाम पनि राम्रो हुँदैन । त्यसो भएकाले हरेक काम कुरा गर्दा उचित प्रणाली र मापदण्ड बनाइ चल्नु पर्छ ।

कुनै व्यक्ति वा संस्थाको गलत र कमजोरी कुरा पत्ता लगाई त्यसैको आलोचना र खेदो खन्नु राम्रो पक्कै होइन । काम गर्दै जादा गल्ती हुन्छ । भूल हुन्छ जानीजानी गलत गर्नु हुँदैन । तर सुझाव–सल्लाहको अपिरिहार्यता हुन्छ । त्यही कुरा सहजै स्वीकार गर्नु महानता हो । तर सबैका लागि सुझाव सल्लाह र सकारात्मक आलोचना पनि पाच्य हुँदैन ।

नेपाल र नेपालीको शन्दर्भमा कुरा गर्ने हो भने व्यक्तिगत काम कुरा र विषय बस्तुदेखि लिएर सरकारी उच्च ओहदामा काम गर्नेको कुरा गर्ने हो भने जताततै, शिक्षा, स्वास्थ्य, कृषि, बाटोघाटो लगायतका दैनिक सञ्चालन गरीने कार्यालय र अन्य क्षेत्रमा लापरबाही घमण्ड, आडम्बरी बढी छ । यस्तै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत एक हो ।

काला गाउँ स्थित प्रदेश अस्पतालको विषयबारे केही कुरा र गन्थन गर्नु आवश्यक देखिन्छ । कर्णली प्रदेश आफै एक अनुपम र बलियो पर्यटकीय स्थलको रुपमा उपयुक्त ठाउँ हो । वीरेन्द्नगर हरेक दृष्टिकोणले पश्चिम क्षेत्रकै एक उद्गम र रमणीय ठाउँ, मानिसहरुको जमघट हुने एक प्रसिद्ध संगम स्थल हो ।

मानिस विभिन्न खाले रोगबाट जोगिन र कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्नका खातिर पनि यस ठाउँमा एक अत्याधुनिक र सुविधा सम्पन्न मेडिकल कलेजसहित अस्पताल स्थापना गर्न टट्कारो आवश्यकता छ । स्थानीय सरकार, प्रदेश सरकार, संघ सरकार, स्थानीय सरोकारवाला, जिम्मेवार राजनीति दल र तिनका कार्यकर्ता, नागरिक समाज लागयतका जम्मैले पहल चाल्न आवश्यक छ ।

ताकी यस क्षेत्रका मानिसलाई प्राणघातक रोग नलागोस र लागिहाले पनि नेपालगन्ज, काठमाडौ, भारतको लख्नौ लैजान नपरोर । यही सहज उपचार सेवाको व्यवस्था हुन आवश्यक छ । तर विशेष जिम्मेवारी बोकेको सरकार कानमा तेल हालेर बस्नु हुदैन । निस्वार्थ जनताका लागि काम गर्नु पर्छ । अब लागौ मौजुदा समयमा यस अस्पतालको सकारात्मक साथै नमिलेका थोरै कामकाज र क्रियाकलाप बारे ।

प्रदेश अस्पतालको बाहिरी वातावरण स्वच्छ, सुग्घर, हरियाली, सुनसान र सुन्दर पार्क, फूलबारी वातावरणसहिको ठूलो क्षेत्रफलमा, बलियो र भव्य भवनसहितको संरचनाहरु स्थापना गरिएका छन् । विभिन्न अन्तरङ्ग, बहिरङ्ग वार्डहरु पनि छ्न् । टोकन सिस्टम सहितको विरामीले लाईन लाग्नु पर्ने र पेलापेल हुने समस्याबाट मुक्त गर्न खोजिएपनि लागू गर्न नसक्नु अस्पताल र त्यहाँका गार्ड, वेटरको कमजोरी हो ।

जसको स्वभावमा इमानदारीता र नम्रता नभएको देखिन्छ । प्रदेश अस्पतालमा डाक्टरकाे समेत कमजोरी छ । सरकारले स्वास्थ्य विमा कार्यक्रम ल्याएको छ, उचित तवरबाट लागू गर्न सके राहत नै हुन्थ्यो होला । तर, धेरै मान्छेहरुले बिमा मार्फत उपचार गराउन चाहेपनि न त औषधिको व्यवस्था पन हुन्छ न त छिटोछरितो उपचार नै हुन्छ । नत यहाँ समयमा नै नाम दर्ता गराउँन सकिन्छ ।

विरामीहरु विहान सबेरै स्वास्थ्य चेक जाँच गर्न जाने गर्छन् । विशेष गरेर स्वास्थ्य विमाको कार्य कक्षमा दर्जनौ कर्मचारीहरू काम गरीरहेका हुन्छ्न् । तर विरामीको पूर्जा क्लेक्सन गरी दर्ता गर्न भित्र पठाइन्छ । केही विरामीका कार्डहरु त्यही कता गायब हुन्छ्न् । चिनजानको आधारमा तलमाथि पनि पार्ने गरेको गुनासो सुनिन्छ ।

विरामी पूर्जा कतिबेला पाइन्छ ? कतिबेला पालो आउँछ भन्दा कर्मचारीहरु त्यति गम्भीर हुँदैनन् न त जवाफ नै दिन्छन् । जिम्मेवार पक्षको कार्यकक्ष प्रशासन शाखामा गएर किन यसो भयो भन्दा त्यो कुरा त्यही सोघ्नु पर्छ भन्ने जवाफ पाइन्छ । त्यसपछि मात्र आफ्नो कमजोरी स्वीकार गरी फेरि नाम दर्ता गराएर डाक्टरलाई भेट्न पठाइन्छ ।

तर डाक्टर भेटाउन सकिदैन । डक्टरको सल्लाह अनुसार परिक्षण गरेको रिपोर्ट देखाउने अवसर हुँदैन । जहाँ डाक्टर बाहिर निस्किसकेको हुन्छ्न् । बल्लतल्ल रिपोर्ट देखाउन सकिएपनि औषधि लिनका लागि समय नै हुँदैन । उता औषधि नै हुँदैन । निःशुल्क उपचारको नाममा सेवाग्राहीहरु मर्कामा पर्ने गरेका छन् ।

प्रदेशकै एक परिचीत अस्पतालको अवस्था यस्तो छ । यहाँ आवश्यकता अनुसार दरबन्दी डाक्टर र कर्मचारी पनि छैनन् । बाहिरी झिलीमिली र रमणीय वातावरण राम्रो र सकारात्मक पक्ष भएपनि महत्त्वपूर्ण कार्य उपचार शैली, पद्धति र कार्य भने त्यति प्रभावकारी र व्यवस्थित छैन । वास्तविकता पनि यही छ ।

सुझबुझको कमी भएर पनि कतिपय कुरा सम्भव हुन सक्ने भए पनि हुन नसकेको पनि होला । सेवा सुविधा र उचित उपचार अस्पतालले दिन सकिरहेको छैन ।

छिट्टै ध्यान पूर्‍याएर अस्पतालले विरामी र सेवाग्रहीहरुलाई खुशी पार्न सकोस् पूर्वाग्रही, आक्षेप र विरोध नसम्झी अस्पतालबाट विरामीहरुलाई दिन सकिने सुविधा दिन सुझाव पनि ग्रहण गरिएको खण्डमा अस्पतालको भविष्य उच्च र विरामीलाई सहजता पक्कै हुने थियो । सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।