भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

पहिरामा परेर कामदारको मृत्यु

पहिरामा परेर कामदारको मृत्यु

रसुवा । विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । सो पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो । घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।यस्तै सोही पहिरामा परी गम्भीर घाइते हुने अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.