भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ : मन्त्री किराँती

आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ : मन्त्री किराँती

काठमाडौँ । आफू राम्रो बनेर अरुलाई खोट लगाउने संस्कृति विकसित हुँदै गएको संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन् । मंगलवार भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले उक्त संस्कृतिप्रति दुःख व्यक्त गरे ।

उनले आजको पर्यटन नेपालीमैत्री हुनुपर्ने समेत बताउँदै नेपालमा हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चलन गरी विश्वबाट पर्यटकहरु तान्नुपर्ने तर्क गरे । मन्त्री किराँतीले ‘नेपालमा हजारौँ जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पुर्‍याउन सक्नुपर्छ ।

हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ । आजको पर्यटन नेपालीमैत्री हुनुपर्छ । प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्छ’ भने ।
नेपाली पर्वहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने उनको भनाइ थियो ।

 

 


Thali Mobile Pvt.Ltd.