भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत

गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत

एजेन्सी । गाजाको सबैभन्दा ठुलो अस्पताल अल शिफा चिहानको रुपमा परिणत भएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले बिश्लेषण गरेको छ । इजरायलले पछिल्लो समय उक्त अस्तपताल लक्षिण गरी हवाइ र स्थलगत आक्रमण जारी राखेकाले अस्पतालमा उपचाररत घाइतेहरु उपचार नपाएर धमाधम ज्यान गुमाउन बाध्य भएको भन्दै डब्ल्युएचओले तत्काल युद्ध रोक्न पुनः अपील गरेको हो।

अस्पतालभित्र र बाहिर जताततै शवहरु छरिएर रहेको भन्दै डब्ल्युएचओले इजरायल र हमासबीचको युद्धले सर्वसाधारणको जीवन खतरामा परेको औंल्याउँदै विश्वजगतको ध्यानाकर्षण गरेको छ ।
हमास र इजरायबीच गत अक्टोबर ७ मा युद्ध शुरु भए यता इजरायल तर्फ १४ सयको मृत्यु हुँदा गाजामा ११ हजार बढीको मृत्यु भइसकेको छ ।

उक्त अस्पतालका ४५ मिर्गौला रोगीहरु डायलासिसको अभावमा मत्यु नजिक पुगेको र युद्धमा घाइतेहरु अस्पताल परिसरमा छटपटाइरहेका छन् । इजरायलले सो अस्पतालमा इन्धन आपुर्ती बन्द गरेपछि सयौं बिरामी मारमा परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.