भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन राष्ट्रपति र प्रधानमन्त्रीको अपिल

राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन राष्ट्रपति र प्रधानमन्त्रीको अपिल

काठमाडौं । देश विदेशमा रहेका नेपालीहरूप्रति राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४ का अवसरमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा ‘नेपाल संवत्ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव‚सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल संवत्को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री दाहालले यस्तो अपिल गर्नुभएको हो । शुभकमना सन्देशमा उहाँले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने ऐतिहासिक निर्णय गरेको तथ्य स्मरण गर्दै नेपाल संवतले सम्पूर्ण नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर हुन प्रेरणा दिने उल्ल्खे गरेका छन् ।

नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उनले शंखधर साख्वाले पु¥याएको योगदान सबैका लागि प्रेरणादायी हुने संदेश प्रधानमन्त्री दाहालले दिए । नेपाल संवत् ११४४ को अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश जारी गर्दै नेपालीलाई सहकार्य र एकताका साथ राष्ट्रको समृद्वि, सुशासन र विकासको यात्रामा अग्रसर गर्न अपिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.