भर्खरै : Sorry, your browser does not support inline SVG.
२४ घण्टामा १ हजार ९९४ चालक कारबाहीमा, ट्राफिक नियम उल्लंघन तीव्र | लागूऔषधसहित विभिन्न स्थानबाट छब्बिस जना पक्राउ | पश्चिम नेपालमा वर्षा जारी रहने, लुम्बिनीको तराई क्षेत्रमा हावाहुरीको सम्भावना | अमेरिका, बेलायत र अष्ट्रेलियाले पानीमुनि चल्ने ड्रोन प्रविधि विकास गर्ने घोषणा | दुई सुरुङमार्ग अन्तिम चरणमा स् थप सुरुङमार्ग बजेटको उच्च प्राथमिकतामा | ५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट, उपभोक्तालाई थप आर्थिक भार पर्ने चिन्ता | रेड नोटिसमा खोजिएकी टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, नेपाल ल्याइयो | विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगमा, चार करोड बालबालिका जोखिममा |

आजदेखि देशभरका विद्यालय बन्द

आजदेखि देशभरका विद्यालय बन्द

काठमाडौं । कोभिड-१९ को संक्रमण दोब्बरले बढेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरेको छ ।

२५ पुसको सिसिएमसिसी बैठकको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आज ९मंगलबार०देखि १५ माघसम्मका लागि ३५ हजार विद्यालयमा पठनपाठन बन्द गरिएको हो । विश्वविद्यालयका विषयमा कुनै निर्णय भएको छैन। यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न लागिएको छ ।

बिदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले बाटो खुल्ला गरेको छ। बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बताउँछिन् ।

 


Thali Mobile Pvt.Ltd.