काठमाडौं । संघीय संसदअन्तर्गत दुवै सदनको बैठक आज पनि बस्दैछ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु भएको थियो भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९, ०८० माथि बुधबार पनि सैद्धान्तिक छलफल जारी छ । बजेटमाथि मंगलबार पनि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
मंगलबार बोल्ने क्रम नसकिएकोले त्यसलाई बुधबार पनि निरन्तरता दिइएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।
