भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज प्रजातन्त्र दिवस भिभिआइपीले व्यक्त गरे शुभकामना

आज प्रजातन्त्र दिवस भिभिआइपीले व्यक्त गरे शुभकामना

काठमाण्डौं । आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००७ सालको फागुन ७ गते जहानियाँ राणा शासन फालेर जनताले प्रजातन्त्र स्थापना गरेको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ साल चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा स्थापित गरेको हो ।

दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । परिवर्तनको जग फागुन ७ गते प्रजातन्त्र दिवस भएकाले यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीले समृद्धिका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवनसँग जोड्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताएका छन् ।

प्रजातन्त्र दिवसले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र नेपाली नागरिकको स्वतन्त्रतालाई अझै सुदृढ गर्दै विकास र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ सालको राजनीतिक जगमा प्राप्त सफलतामा टेकेर देशमा सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी शासन प्रणाली स्थापना हुन सकेको उल्लेख गरेका छन् ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रप्रतिको साँचो प्रतिबद्धता र यसको रक्षाको दायित्व सबैको भएको बताए । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा विभिन्न दलका शीर्ष नेताहरुले पनि शुभकामना व्यक्त गरेका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय १ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.