भर्खरै : Sorry, your browser does not support inline SVG.

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे

आज राम–सीता विवाह महोत्सव, जनकपुर सिंगारियाे

काठमाडौं । अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी छोरी सीता (जानकी) को बिहे भएको सम्झनामा आज विवाह पञ्चमी महोत्सव विविध कार्यक्रमगरी मनाइँदै छ । राम र सीताको पूजाआराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाउने चलन रहिआएको छ ।

आज जनकपुरमा विशेष रौनक देखिएको छ । यहाँ साप्ताहिक रुपमा विवाह पञ्चमी मनाइन्छ । मुख्य आकर्षण आज हुने राम–जानकीको प्रतीकात्मक विवाह हो । मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी जनकपुरको रंगभूमिमा पुर्‍याइन्छ ।

जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ । रङ्गभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।

विवाह महोत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ति र डोला हेरिने परम्परा छ । सो अवसरमा सहभागी हुन नेपालका विभिन्न प्रदेशका साथै छिमेकी मुलुक भारतबाटसमेत श्रद्धालुहरू जन्तीको रुपमा सहभागी हुने गर्छन् । गत वर्ष कोरोना संक्रमणको कारण औपचारिकता पूरा गर्नमात्र राम–जानकी विवाह महोत्सव मनाइएको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.