दैलेख । दैलेख जिल्ला विकट भूमी आठबीस नगरपालिका वडा नं ९ को मेहलगाउँ बस्ती पहिरोको उच्च जोखिममा परेको छ । साविक सिहाँसैन गाविस वडा नं ४ को मेहलगाउँ बस्ती नै पहिरोको उच्च जोखिममा परेपछि सथानीय त्रसित बनेका छन् ।

अविरल वर्षाले बस्तीको सिरानीमा पहिरोले ठाउँ छोडेको छ भने बस्तीको तलतिरको भाग पनि पहिरो गउकाले बस्ती नै जोखिममा परेको हो । रातभरी कतिखेर पहिरोले खर बगाउने हो भन्ने डरले त्रसित बनेको सिंह विश्वकर्माले बताए ।
घर अगाडि पहिरो गएपछि रातीको समय अरुको घरमा गएर रात विताउनु परेको चन्न कामीले बताए । कधारा, नारेको डाँडा, घोडेढुंगा, घरखेत, छडाकाफल, सिनेरी, आसिकार्ने लगायतका स्थानमा सानो ठूलो पहिरो गएको स्थानीयले बताए । स्थानीय गोपी विकले भने, ‘कति वेला सबै बस्तीलाई बगाउँ छ थाहा छैन् ।

हेर्दा हेर्दै सबै बस्तीनै गइजान्छ जस्तो छ ।’ करिब ६० घरधुरी उच्च जोखिममा परेको तारा बिकले बताइन् । कैलाश खबरसंग कुरा गर्दै स्थानीय बलबहादुर विकले भने, विपद आउनु पूर्व बस्तीलाई कसरी जोगाउँन सकिन छ यसलाई नगरपालिकाले ध्यान दिनु पर्ने हो ।’ उनका अनुसार प्रहरीले पनि मुचुल्का उठाएको छ तर समस्या समाधानमा ध्यान गएको छैन ।
पहिरो नियन्त्रण गर्न दिर्घकालिन सोच बनाएर अघि बढ्नु पर्ने स्थानीयको भनाइ छ । हुनत नगरको एक विपद व्यवस्थापन समितिले पनि अनुगमन गरेर उक्त बस्तीलाई उच्च जोखिममा भएको निष्कर्ष निकालेको छ । वडा नं. ९ को सामुदायिक भवन अगाडि पहिरो जाँदा भवन नै क्षेतविच्क्षेद हुने अवस्थामा पुगेको छ ।
बस्तीको सिरानमा रहेको भवन नै चिरा परेपछि बस्ती उच्च जोखिमा परेको स्थानीय केहेरसिंह कामीले बताए । त्यस्तै अनुभव भोटे कामीले सुनाए । बैलैमा सम्बन्धीत निकायले सोच्नु पर्ने र वस्तीको सम्भावित अवस्थाको आकलन गरेर जोखिम न्यूनिकरण गर्न ध्यान दिनु पर्ने स्थानीय धना कामीले बताइन् ।
जोखिममा परेपछि यहाँका स्थानीय त्राहीमामको अवस्थामा रात काटिरहेका छन् । वस्तीका बारेमा नगर प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्ने स्थानीय कापे कामीले बताए ।
यस्तै पूर्छा, घाडासुन्ना, लोकानेका ठाउँमा पनि पहिरो गएकाले कतिपय घरहरुमा बसोबास गर्ने स्थानीय त्रसित बनेका छन् । तत्काल विपद व्यवस्थापन समितिको बैठक बसेर समाधानको उपाय खोज्नु पर्ने स्थानीयले बताएका छन् । यता नगपालिकाले सम्भावित जोखिम न्यूनिकरण गर्न पहल गरिने बताएको छ ।
पहिरोको उच्च जोखिममा परेपछि देउडामार्फत पीडा पोख्दै स्थानीय…
फोटोहरु …

