भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

आधा आकाश ढाकेका महिलाहरु स्ववियु निर्वाचनमा किन भए कम उम्मेदवार ?

आधा आकाश ढाकेका महिलाहरु स्ववियु निर्वाचनमा किन भए कम उम्मेदवार ?

काठमाडौं । संविधानले नै राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । तर स्ववियु चुनावमा भने त्यो लागु हुन सकेन । यस्तो किन भयो त भन्ने प्रश्नमा अनेरास्वीयु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिहंले नियमावली संशोधन गर्न नपाएको कारण देखाइन् ।

त्रिभुवन विश्वविद्यालयमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महिला उम्मेदवारको सहभागिता कम भएको गुनासो महिला स्वयम्ले गरेका छन्। त्रिभुवन विश्वविद्यालयको बैठक बस्दा आफनो संगठनबाट उनले यस विषयमा कुरा उठाउँदै आएको पनि बताइन् ।

संविधानले सुनिश्चिततता गरेको हक पनि महिलालाई दिन नखोज्नु पितृसत्ता हटाउन नसकेको दावी युवा संघका केन्द्रिय अध्यक्ष सरस्वती पुरी गर्छिन् । स्ववियुमा महिला सहभागिता बढाउन संगठनले रणनीतिक योजना बनाएर जानुपर्ने अखिलका पूर्व अध्यक्ष नविना लामाले सुझाइन् ।

महिला सहभागिता बढाउन पहल भइरहेको नेविसंघका अध्यक्ष दुर्गज शेर्पा बताउँछन् । स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।

स्ववियु चुनाव मिश्रित निर्वाचन प्रणालीमा हुँदैछ । त्रिविले यसअघि २०७३ सालमा जम्मा २६ वटा क्याम्पसमा चुनाव गराएको थियो । प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन कतिपय क्याम्पसमा १४ वर्षदेखि हुन सकेको छैन । स्ववियु चुनावले विद्यार्थी संगठनका गलत क्रियाकलाप नियन्त्रण हुने मात्र नभएर क्याम्पस प्रशासनले गर्ने लापरबाही रोक्न सकिने विश्वास विद्यार्थीहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.