आन्तरिक पर्यटकलाई पदयात्रा शुल्क लगाएपछि माछापुच्छ्रे गाउँपालिकामा घटे पर्यटक

आन्तरिक पर्यटकलाई पदयात्रा शुल्क लगाएपछि माछापुच्छ्रे गाउँपालिकामा घटे पर्यटक

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आन्तरिक पर्यटकलाई पनि पदयात्रामा शुल्क लगायपछि पदमार्गमा जाने पर्यटक ह्वातै घटेका छन् । पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेपछि यहाँ आउँने पर्यटकमा कमी भएको स्थानीयले बताए ।

गाउँसभाको निर्णय गलत भएको भन्दै उनीहरुले आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइन नहुने तर्क गरे । तर प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले भने शुल्क लिन जरुरी रहेको बताए । पालिकाभित्रको पदमार्गमा जाने विदेशी पर्यटकले पाँच सय र नेपाली पर्यटकले एक सय रुपैयाँ तिर्नुपर्ने भएको छ ।

गाउँपालिकाले पर्यटकीय पदमार्गमा सामान्य पूर्वाधार निर्माण, सूचना केन्द्र स्थापना, सोलार बत्ती जडान, फोहरमैला व्यवस्थापन लगायतका सुविधा निर्माण तथा व्यवस्थापन गर्न पर्यटन सेवा शुल्क लिने गरिएको जनाएको छ ।

स्थानीय तहको अधिकार सूचीअनुसार पालिकाको आर्थिक ऐन २०८० को अनुसूची ६ दफा ७ अनुसार शुल्क तोकिएको माछापुच्छ्रे गाउँपालिकाले जनाएको छ । यसरी शुल्क तोक्दा ट्रेकिङ गर्ने पर्यटकको अभिलेख रहने भएकाले आगामी योजना बनाउन सहज हुने भनाइ छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.