भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन |

आन्तरिक ९ विमानस्थलमा उडान सुरु

आन्तरिक ९ विमानस्थलमा उडान सुरु

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् । यी बाहेक रुकुम नेपालगन्ज रुकुम, नेपालगन्ज जुम्ला नेपालगन्ज, नेपालगन्ज बाजुरा नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।

निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै २ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ ।

 


Thali Mobile Pvt.Ltd.