भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आन्दोलनको डम्फु बजाउन शिक्षकहरू राजधानीमा, उता ७० लाख विद्यार्थीको पढाइ बन्द

आन्दोलनको डम्फु बजाउन शिक्षकहरू राजधानीमा, उता ७० लाख विद्यार्थीको पढाइ बन्द

काठमाडौं । शिक्षकहरू आन्दोलनको डम्फु बजाउन राजधानी छिरेपछि आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ। सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू सडक आन्दोलनमा होमिएका छन् ।

देशभरबाट शिक्षकहरु काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको हो । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षक, कर्मचारी आन्दोलनमा छन् । हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो ।

आज शिक्षकहरुले अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द गर्न लागेका हुन् । शिक्षक कर्मचारी आन्दोलनमा आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ । सरकारकै कारण आफुहरु आन्दोलनमा आउनुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने शिक्षकहरु बताउँछन् ।

आन्दोलनको पहिलो दिन ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.