भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

आन्दोलनरत पक्षसंग वार्ता गर्न ६ सदस्यीय वार्तासमिति गठन

आन्दोलनरत पक्षसंग वार्ता गर्न ६ सदस्यीय वार्तासमिति गठन

काठमाडौं । कोशी प्रदेशको नामकरण विरुद्ध आन्दोलनरत पक्षसँग सरकारले वार्ता समिति गठन गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आन्दोलनरत पक्षसहित बसेको बैठकले गृह मन्त्रालयका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा ६ सदस्यीय वार्तासमिति गठन गरेको हो।

आन्दोलनरत पक्षसंगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनको क्रममा भएको पदम लिम्बुको निधनप्रति दुःख प्रकट गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, सहिद घोषणा र पीडित परिवारलाई राहत प्रदान गर्न आवश्यक पहल गर्ने तथा प्रादेशिक नामाकरणको विषयमा राजनीतिक तहमा वार्ता र सम्वादको माध्यमबाट समस्या समाधान गर्न सकिने बताए।

प्रधानमन्त्रीले आन्दोलनका कार्यक्रमले सिङ्गो देशलाई ध्यानाकर्षण गरेको र प्रधानमन्त्रीसहित सिङ्गो सरकारसमेत यो विषयमा सम्वेदनशील भएको अवस्थामा सडक आन्दोलनका कार्यक्रम छोडेर सम्वादबाट निकाल्न आग्रह गरे।

 


Thali Mobile Pvt.Ltd.