भर्खरै : Sorry, your browser does not support inline SVG.
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै | विभिन्न जिल्लाबाट लागु औषधसहित १९ जना पक्राउ | बागमती सरकारबाट एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, मुख्यमन्त्री बानियाँ अल्पमतमा | एक्याप क्षेत्रमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु, मुस्ताङ सबैभन्दा प्रभावित | दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा |

आफ्नै आमाले एक वर्षीया छोरीको घाँटीमा डोरी बाँधी हत्या

आफ्नै आमाले एक वर्षीया छोरीको घाँटीमा डोरी बाँधी हत्या

भैरहवा । आफ्नै आमाले एक वर्षीया छोरीको हत्या गरेकी छन् । रुपन्देहीको मायादेवी गाउँपालकिा-३ स्थति हरहरवामा आफ्नै कोठाको पंखामा एक वर्षीय बालिको घाँटीमा डोरी बाँधेर हत्या गरेकी हुन । छोरीको हत्या गरी आफूले आत्महत्या प्रयास गर्ने २१ वर्षयिा प्रेमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रेमाको नन्दले आत्महत्या गर्ने प्रयास देखेपछि डोरी काटेर बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्य नारायण थापाले जानकारी दिए । दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव फेला परेको थियाे। बालिकालाई आफन्तहरुले नजकिैको खोलामा लगेर गाडिसकेको भन्ने खबर प्राप्त भएकाे डीएसपी थापाको भनाई छ ।

बालिकाको घाँटीमा डोरीको दाग देखएिपछि पोष्टमार्टमका लागि  भैरहवा कै भीम अस्पतालमा पठाइएको छ । प्रेमासहित उनको ससुरा मायादेवी-३ हरहरवाका ५५ वर्षीय बुद्धिराम यादव, सासु ४५ वर्षीया राजमती यादव, श्रीमान् २२ वर्षीय राज कुमार यादव र साथी लुम्बनिी सांस्कृतकि नगरपालकिाका २६ वर्षीय प्रदपि चौधरीलाई घटनाको अनुसन्धानका जागि नयिन्त्रणमा लइिएको जल्लिा प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.