भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन नगर्ने अस्पताललाई कारबाही

काठमाडौं । अस्पताले परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नगराए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारबाही गर्ने जनाएको छ । अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिदै मन्त्रालयले सरकारी, निजी, गैरसरकारी, सामुदायिक प्रतिष्ठान तथा मेडिकल कलेजको नाममा परिपत्र जारी गरेको छ ।

आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी सञ्चालनमा नरहेका स्वास्थ्य संस्था वा अस्पतालले एक महिनाभित्र फार्मेसी सञ्चालन नगरे कारबाही गर्ने कडा चेतावनी दिएको हो ।

मन्त्रालयबाट जारी अस्पतालको न्यूनतम सेवा मापदण्डमा समेत अस्पताल हाताभित्र अस्पताल फार्मेसीबाहेक अन्य फार्मेसी हुनुहुँदैन भन्ने प्रावधानसमेत उल्लेख गरिएको छ ।

यस्तै, फार्मेसी भएका अस्पतालले अस्पतालमा प्रयोग हुने सम्पूर्ण औषधि तथा औषधिजन्य सामग्री २४सै घण्टा उपलब्ध गराउनुपर्ने मन्त्रालयको निर्देशन छ ।

 


Thali Mobile Pvt.Ltd.