भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात (भिडियाे सहित)

आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात (भिडियाे सहित)

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं ३ बाट सरसफाई अभियानको सुरुवात भएको छ । शनिबार चाँगुनारायण नगरपालिका वडा नं ३ स्थित ज्योतिर्लिङगेश्वर महादेवको मन्दिरबाट चाँगुनारायण नगरस्तरीय २ घण्टे बृहत सरसफाई अभियानको सुरुवात भएको हो । सरसफाई अभियानलाई सम्बोधन गर्दै चाँगुनारायण नगरपालिका वडा नं ३ का वडा अध्यक्ष श्याम सन्दर धिमालले आफ्नो वडालाई चाँगुनारायण नगरपालिकाकै नमुना वडा बनाई छाड्ने कसम खाए ।आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात

उनले आफ्नो वडाबाट विभिन्न अभियानहरु सुरु भएर अन्य वडामा लागू भएको विगतलाइ कोट्टयाउदै सरसफाइमा पनि नमुना वडा बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा अध्यक्ष धिमालले धार्मिक आस्थाको केन्द्र रहेको ज्योतिर्लिङगेश्वर महादेवको गहिरो महिमा रहेको बताउँदै तीन नदीको पवित्र त्रिवेणी धामलाई अझै व्यवस्थित बनाउन वडा, नगरपालिका र सम्बन्धीत सबै पक्ष लागि पर्ने जानकारी दिए ।आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात

उनले चाँगुनारायण नगरपालिका भित्र रहेका विभिन्न स्थानका घाटहरु व्यवस्थित गर्न नगरपालिकाले नै योजना तयार पारिहहेको बताए ।वडामा रहेका सम्पूर्ण नागरिकहरुले नागरिक भावनालाई विकास गर्दै आफ्नै घर अगाडिको झार उखेल्न नगरपालिका नखेज्न आग्रह गर्दै आफ्नो घर अगाडिको भार आफैले उखेल्ने पर्ने तर्क गरे । उनले भने “मैले आफ्नो घर अडाडिको भार उखेले अव तपाईहरुले उखेल्ने कि न उखेल्ने ?” सबैले आफ्नो भूमिका निर्वाह गरेको खण्डमा वडा हराभरा बन्ने र सबै भन्दा सुन्दर वडाको रुपमा विकास हुनेमा दुइ मत नहुने उनले बताए ।

प्रत्यक शनिबार वडा नं ३ का हरेक सडकमा सरसफाई गर्ने वडा अध्यक्ष घिमालले घोषण गर्दै अर्को शनिबार यापी भैरव विद्यालयबाट सरसफाई सुरु गर्ने जानकारी दिए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरपालिका स्वच्छ र सफा बनाउन सरसफाई अभियानको सुरुवात गरेको बताए । उनले चाँगुनारायण नगरबासीलाई सरसफाईमा आफै सहभागि हुने आह्वान गर्दै विभिन्न किसिमका रोगहरुसंग जोगिन पनि सरसफाइले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सार्वजनिक स्थान संगै आफ्नो घर आगन पनि सफा गर्नु पर्ने बताए ।आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात

आफूले मिठो खाएर, राम्रो लगाएरमा मात्रै नहुने भएकाले नगरनै सफा हुनु पर्छ भन्ने सबैको भावना विकास हुनुपर्ने बताउँदै आँखा पाक्ने रोगले गर्दा विद्यालय सात दिनसम्म आवश्यक परेको खण्डमा विद्यालयमा विदा दिने व्यवस्था मिलाएको जानकारी दिए । जिल्ला समन्वनय समिति भक्तपुरका पूर्व प्रमुख नवराज गेलालले सरसफाईले सबैको हित हुने भएकाले सरसफाई अभियानमा जनता र नगरपालिकाका विभिन्न युनिटहरु लागेको खण्डमा सफलता हात लाग्ने बताए ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले सरसफाई अभियान वडा नं १ मा पनि सञ्चालन गर्ने जानकारी दिए । वडा नं २ का वडा अध्यक्ष सोम प्रसाद प्रधान, वडा नं ५ का वडा अध्यक्ष जयन्द्र खड्कालगायतका जनप्रतिनिधिहरुेले सरसफाईबारे धारणा राखेको थिए भने सरसफाई कार्यक्रममा नेपाल प्रहरी, शसस्त्र प्रशहरी, विद्यालयका विद्यार्थी, रेडक्रस, पतन्जली योग समिति भक्तपुर र स्थानीयबासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।आफ्नो वडालाई नमुना वडा बनाइ छाड्ने कसम खादै सरसफाई अभियानको सरुवात

 


Thali Mobile Pvt.Ltd.