भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गायक पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक(भिडियो सहित)

गायक पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक(भिडियो सहित)

भक्तपुर । लोकप्रिय गायक लक्ष्मण पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक भएको छ । शनिबार बरिष्ठ संगीतकार दीपक जंगमले लोकप्रिय गायक लक्षमण पलिखेलको नयाँ गीत सर्वाजनिक गरेका हुन । हाडा ब्रोदरस युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा गायक पलिखेलकै गायन तथा अभिनय रहेको छ । यस गीतमा रञ्जना सितिखुको अभिनय रहेको छ भने गीतको मिमार्ण कार्य निभा प्रजापतिको रहेको छ ।गायक पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक(भिडियो सहित)

गीतमा संगीत राजेश हाडाको रहेको छ भने गीतमा निर्देशन रवि हाडाको रहेको छ । दयाराम गिरी र अमन अजरको शब्द रहेको गीत निकै आशा लाग्दो गीत बनेको गायक लक्ष्मण पलिखेलको भनाई छ । निकै लामो समयदेखि कपिको पानामा रहेको गीत बजारमा ल्याउँन पाउँदा आफूलाई खुशी लागेको गायक पलिखेलले बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार दीपक जंगमले भक्तपुर आउँदा आफ्नो घरभित्रकै कार्यक्रममा सहभागि भएको जस्तो अनुभव हुने गरेको बताउँदै दियौ मायाका गायक लक्ष्मण पलिखेललाई सफलताको शुभकामना दिए ।गायक पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक(भिडियो सहित)

उनले नेपालमा एउटा गीत रेकर्ड गर्न सहज नभएको र हरेक कुराको नक्कल मात्रै भन्दा पनि मौलिकतामा अक्कल चलाउन समेत आह्वान गरे । बरिष्ठ संगीतकार जंगमले आफ्नै पनबाट गीतमा संगीत गर्दा राम्रो हुने बताउँदै सञ्चारमाध्यममा अभियान सञ्चालन गर्न अपिले गर्दै नेपाली आफ्नै समाजलाई फाइदा हुने खालका काम गर्दा उपयुक्त हुने बताए ।गायक पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक(भिडियो सहित)

३० वर्ष अगागि आफूले संगीत गरेको गीतलाई जस्ताको तस्तै एरेन्ज गरेको बताउदै संगीतकार राजेश हाडाले गीतका लागि पनि दिन आउनुपर्दो रहेछ भन्दै अवका दिनमा झनै उत्साहका साथ काम गर्ने उत्प्रेरणा पलाएको बताए ।

कार्यक्रममा नेपाली गीत संगीतका क्षेत्रमा रहेर काम गरिररहेका नयाँ पुराना श्रष्ठाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायक रवि हाडा र नव गायकहरुले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.