भक्तपुर । लोकप्रिय गायक लक्ष्मण पलिखेलको “दियौ माया” बोलको गीत सार्वजनिक भएको छ । शनिबार बरिष्ठ संगीतकार दीपक जंगमले लोकप्रिय गायक लक्षमण पलिखेलको नयाँ गीत सर्वाजनिक गरेका हुन । हाडा ब्रोदरस युटुव च्यानलबाट सार्वजनिक भएको गीतमा गायक पलिखेलकै गायन तथा अभिनय रहेको छ । यस गीतमा रञ्जना सितिखुको अभिनय रहेको छ भने गीतको मिमार्ण कार्य निभा प्रजापतिको रहेको छ ।
गीतमा संगीत राजेश हाडाको रहेको छ भने गीतमा निर्देशन रवि हाडाको रहेको छ । दयाराम गिरी र अमन अजरको शब्द रहेको गीत निकै आशा लाग्दो गीत बनेको गायक लक्ष्मण पलिखेलको भनाई छ । निकै लामो समयदेखि कपिको पानामा रहेको गीत बजारमा ल्याउँन पाउँदा आफूलाई खुशी लागेको गायक पलिखेलले बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार दीपक जंगमले भक्तपुर आउँदा आफ्नो घरभित्रकै कार्यक्रममा सहभागि भएको जस्तो अनुभव हुने गरेको बताउँदै दियौ मायाका गायक लक्ष्मण पलिखेललाई सफलताको शुभकामना दिए ।
उनले नेपालमा एउटा गीत रेकर्ड गर्न सहज नभएको र हरेक कुराको नक्कल मात्रै भन्दा पनि मौलिकतामा अक्कल चलाउन समेत आह्वान गरे । बरिष्ठ संगीतकार जंगमले आफ्नै पनबाट गीतमा संगीत गर्दा राम्रो हुने बताउँदै सञ्चारमाध्यममा अभियान सञ्चालन गर्न अपिले गर्दै नेपाली आफ्नै समाजलाई फाइदा हुने खालका काम गर्दा उपयुक्त हुने बताए ।
३० वर्ष अगागि आफूले संगीत गरेको गीतलाई जस्ताको तस्तै एरेन्ज गरेको बताउदै संगीतकार राजेश हाडाले गीतका लागि पनि दिन आउनुपर्दो रहेछ भन्दै अवका दिनमा झनै उत्साहका साथ काम गर्ने उत्प्रेरणा पलाएको बताए ।
कार्यक्रममा नेपाली गीत संगीतका क्षेत्रमा रहेर काम गरिररहेका नयाँ पुराना श्रष्ठाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वरिष्ठ गायक रवि हाडा र नव गायकहरुले पनि आफ्ना गीतहरु प्रस्तुत गरेका थिए ।
