भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डडेलोका कारण क्यानडामा ६८ हजार हेक्टर जमिनमा क्षति,ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

डडेलोका कारण क्यानडामा ६८ हजार हेक्टर जमिनमा क्षति,ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

काठमाडौं । डढेलो फैलिएको क्यानडाको ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा गरिएको छ । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर वरपरका क्षेत्रमा थप घरहरूमा क्षति गर्न सक्ने जोखिम छ ।

क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेपछि त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । यलोनाइफलाई खाली गर्न दिइएको समयसीमा आधिकारिक रुपमा सकिएको बीबीसीले जनाएको छ । क्यानडा यसवर्ष डढेलोको सबैभन्दा खराब अवस्थामा छ ।

विज्ञहरूले तापमान र सुक्खालाई यसको मुख्य कारक मानेका छन् । प्रान्तीय प्रमुख डेभिड एबीले परिस्थिति खराब बनेको र अत्यन्तै चुनौतीपूर्ण स्थितिमा रहेको बताएका छन् । तीव्र गतिमा फैलिएको डढेलोले ६८ हजार हेक्टर जमिनमा क्षति गरेको छ । झण्डै ५ हजार मानिसलाई सुरक्षित ठाउँमा सार्न भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.