भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो । आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उहाँले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

उहाँले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताउनुभयो । “निगमसम्बन्धी समस्याहरुलाई प्राविधिक रुपमा भन्दा पनि नीतिगत रुपमा समाधान गर्न हामी लागिपरेका छौँ, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौँ”, उहाँले भन्नुभयो । पेट्रोलियम व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।

कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको सङ््घको निर्वाचन एक वर्षपछि हुन लागेको हो । आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गर्नुभएको छ । नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करिब एक हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

 


Thali Mobile Pvt.Ltd.