आहा मुस्ताङ, पन्ध्र हजार विदेशी पर्यटक रमाए

आहा मुस्ताङ, पन्ध्र हजार विदेशी पर्यटक रमाए

मुस्ताङ । यतिबेला मुस्ताङमा पर्यटकको चहलपहल अत्याधिक बढ्न थालेको छ । पर्यटकको आवागमन बाक्लिएसंगै यहाँका स्थानीय खुसी भएका छन् । असोज–मङ्सिर नेपालको मुख्य पर्यटकीय याम भएकाले जोमसोमस्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा साउनयता १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् ।

आयोजनाको इलाका संरक्षण कार्यालय भन्छ, “चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा सार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरकाका दुई हजार दुई सय ३० पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् ।” पर्यटन विस्तारै लयमा फर्किरहेको छ । आन्तरिक पर्यटकको चहलपहल भने केही घटेको छ ।

मुस्ताङ जोड्ने सडक कमसल हुँदा पनि पर्यटकको आवागमन सहज हुन थालेको छ । मुख्य याममै पर्यटक कम आएपछि मुस्ताङ र आसपासका होटल तथा पर्यटन व्यवसायी चिन्तित भएका थिए । तर अहिले पर्यटकको चहलपहलले औधि खुसी छन् स्थानीय । म्याग्दी हुँदै सडकमार्ग र पोखराबाट हवाईमार्ग भएर पर्यटक मुस्ताङ पुग्छन् ।

 


Thali Mobile Pvt.Ltd.