भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले मासिक भ्याटको विवरण दाखिला गर्नुपर्ने

इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले मासिक भ्याटको विवरण दाखिला गर्नुपर्ने

काठमाण्डौ । (भ्याट) दाखिला गर्नेसम्बन्धी साविकको व्यवस्थामा परिवर्तन भएको छ । करदाताले मूल्य अभिवृद्धि कर दाखिला गर्ने व्यवस्था परिवर्तन भएको हो । ‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ मा संशोधन भइ साविकमा रहेको इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र उद्योगले चाहेमा विवरण पेस गर्ने अवधि चौमासिक कायम गर्न सक्नेछन्’ भन्ने व्यवस्था खारेज भएको विभागले जनाएको छ ।

नयाँ व्यवस्थाअनुसार वार्षिक एक करोड रुपैयाँभन्दा धेरैको कारोबार गर्ने कम्पनीले मासिक र वार्षिक एक करोड रुपैयाँभन्दा कम कारोबार गर्ने कम्पनीले चौमासिकरूपमा भ्याट विवरण दाखिला गर्नुपर्ने आन्तरिक राजस्व विभागले जनाएको छ । द्वैमासिकरूपमा भ्याट विवरण दाखिला गर्ने सुविधा नरहेकाले वार्षिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार भएका करदाताले मासिकरूपमा नै विवरण पेस गर्न भनिएको छ ।

वार्षिकरूपमा एक करोड रुपैयाँसम्मको कारोबार गर्ने कम्पनीले भने चौमासिकरूपमै आफ्नो कर विवरण बुझाउन पाउने व्यवस्था गरेको छ । संशोधित व्यवस्थाअनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएका वार्षिक एक करोडभन्दा बढीको कारोबार भएका इँटा उद्योग, होटल, पर्यटन तथा चलचित्र घरले यही साउनदेखि मासिकरूपमा भ्याटको विवरण दाखिला गर्नुपर्नेछ ।

साना करदातालाई सुविधा दिन मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६ बमोजिम गएको आर्थिक वर्ष २०७९ र ८० को भ्याट विवरण दाखिला गरी वार्षिक एक करोड रुपैयाँसम्मको कारोबार भएका करदाताको कर अवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.