भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआइबी

दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउँदै सीआइबी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय बुझाइने भएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले काठमाडौं जिल्ला अदालतलाई उक्त प्रतिवेदन बुझाउने भएको हो ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्ररकणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि भने अनुसन्धान नहुने भएको छ । सिआइबीले सो प्रकरणमा संलग्न दुई पूर्व प्रधानमन्त्री बाहेकको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउन लागेको हो ।

सीआइबीले उनीहरुलाई बयानका लागि बोलाउने तयारी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा बयान रोकिएको हो । भट्टराई र नेपालको मन्त्रिपरिषद्बाट निर्णय गरेर ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने निर्णय भएकोमा उनीहरुमाथि थप अनुसन्धान नगर्ने निर्णयमा सिआइबी पुगेको हो ।

सर्वोच्च अदालतले समेत निर्णयकर्तामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन बाटो खुला गरिदिएकोमा सत्ता गठबन्धनको दबावमा पूर्वप्रधानमन्त्रीहरुमाथि अनुसन्धान गर्नबाट सीआइबी पछि हटेको हो ।

 


Thali Mobile Pvt.Ltd.