भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने पाँच जना पक्राउ

इजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा लाखौं कमाइ हुन्छ भनेर इजरायल पठाउदिन्छ भनी ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार झापा गाउँपालिका वडा नं. ७ की ३२ वर्षीय हरीकला दाहालसहित पाँच जनालाई पक्राउ गरेको उपत्यका अपराध अनसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

उनीहरुले इजरायलमा पुगेपछि कन्स्ट्रक्सनमा काम लगाइदिने विश्वास दिलाएर प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी ४८ लाख रुपियाँ रकम ठगी गरी सम्पर्कविहीन भएको विज्ञप्तिमा उल्लेख छ ।

विशेष प्रहरी टोलीले खोजतलासको क्रममा मंगलबार दिउँसो साढे २ बजे उनीहरुलाई चाबहिल ७ बाट पक्राउ गरेर अनुसन्धानका लागि वैदशिक रोजगार विभागमा पठाएको छ ।

अहिले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.