भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

इपिएल उपाधि जित्नलाई पोखराले चितवनलाई ११२ रनको लक्ष्य दियो

इपिएल उपाधि जित्नलाई पोखराले चितवनलाई ११२ रनको लक्ष्य दियो

काठमाडाैं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जीतका लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको पोखराले १७ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १११ रनको योगफल बनायो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाउदा रिचार्ड लेभीले २६ रन जोडे ।

त्यसैगरी विपिन रावलले १७, कप्तान विनोद भण्डारीले २२, किशोर महतोले १, विवेक यादवले ४, रित गौतमले २, सहन अर्चाचिगेले २ तथा बिक्रम सोबले १ रन जोडे भने लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए । पोखरालाई सस्तैमा समेट्नेक्रममा चितवनका कमल सिंह ऐरी एकक्लैले ४ विकेट लिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २÷२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको नाममा १÷१ विकेट रह्यो ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक इपिएलको फाइनलमा पुगेको हो । चितवन अहिले जवाफी व्याटिङमा उत्रेको छ ।

 


Thali Mobile Pvt.Ltd.