भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इरानसँग कारोबार गर्ने भारतमाथि प्रतिबन्ध लगाइने उमेरिकाको चेतावनी

इरानसँग कारोबार गर्ने भारतमाथि प्रतिबन्ध लगाइने उमेरिकाको चेतावनी

तेहरान । अमेरिकाले भारतमाथि प्रतिबन्ध लगाउने धम्की दिएको छ । भारत र इरानबीच चाबहार बन्दरगाह सम्झौता भएपछि अमेरिकाले उत्त धम्की दिएको हो । चाबहारमा शाहिद बेहेश्ती बन्दरगाह टर्मिनलको विकासका लागि दीर्घकालीन सम्झौतामा अमेरिकी प्रतिक्रियालाई उल्टो रूपमा हेरिएको छ।

सन् २०१८ को नीति अन्तर्गत अमेरिकाले चाबहार बन्दरगाह विकासका लागि भारतलाई केही प्रतिबन्धबाट छुट दिएको थियो। चाबहार बन्दरगाहबीच भएको सम्झौताले अफगानिस्तान, मध्य एशिया र यूरेशियासँग भारतको सम्बन्धलाई बढावा दिने बताएको छ।

१० वर्षसम्म उक्त बन्दरगाह भारतले प्रयोग गर्ने सम्झौता सोमवार भएको थियो। अमेरिकी विदेश मन्त्रालयले वक्तव्य दिँदै इरानसँग कारोबार गर्ने देशमाथि प्रतिबन्ध लगाइने चेतावनी दिएको छ। अमेरिकाले इरानी बन्दरगाह चाबहार सम्झौता गर्न भारतलाई कुनै छुट नदिएको दावी गरेको छ। भारतका लागि अमेरिकी राजदूत एरिक गार्सेटीले इरानसँग कारोबार गर्नेले के खतरा मोल्नुपर्छ भन्ने थाहा पाउनुपर्ने चेतावनी दिएका छन्।

इरानको सडक तथा शहरी विकास मन्त्रालयका अनुसार सम्झौताबाट भारतलाई इरानको सिमाना नजिक रहेको बन्दरगाह प्रयोग गर्न १० वर्षको सुविधा दिनेछ। यो बन्दरगाह पाकिस्तानसँगको सिमाना नजिकै पर्छ।

 

 


Thali Mobile Pvt.Ltd.