भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

उखान तुक्काकाे जमाना गयाे, मंसिरमै महाधिवेशन सम्पन्न हुन्छ: देउवा

उखान तुक्काकाे जमाना गयाे, मंसिरमै महाधिवेशन सम्पन्न हुन्छ: देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमै सम्पन्न हुने बताएका छन् । शुक्रबार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको दिपावली, नेपाल संवत् र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले यस्तो बताएका हुन ।

महाधिवेशन समयमा हुँदैन भनेर गलत प्रचार गर्नेहरुका कुरा नपत्याउन आग्रह गर्दै उनले तयारीमा जुट्न सम्पूर्ण कार्यकर्तालाई निर्देशन दिए । देउवाले भने, जसले जे भनेपनि कुरा नपत्याउनुस्, अधिवेशन समयमा हुन्छ, हुन्छ । तयारीमा लाग्नु होला महाधिवेशन पार्टी सभापतिको हातमा छैन, निर्वाचन समितिको हातमा छ, मैले चाहेर पनि हुँदैन त्यसकारण उहाँहरु महाधिवेशन गर्न प्रतिबद्ध हुनुहुन्छ । कुनैपनि हालतमा मंसिरमै सकाउनुस भनेर निर्देशन दिएको छु ।

१४ औं महाधिवेशन ​मंसिर २४–२६ मा सम्पन्न गर्ने काँग्रेस निर्वाचन समितिले तयारी छ त्यसैले मंसिरभित्र महाधिवेशन सम्पन्न हुनेमा देउवाले विश्वस्त पारे । मंसिरभित्रै काँग्रेसले महाधिवेशन नगरे तीनवटा चुनावमा भाग लिन नपाउने भएकाले निर्वाचन समितिले पनि समयमै सक्ने प्रतिबद्धता जनाएको देउवाले बताए । प्रतिस्पर्धा गर्दा जित र हार हुने भएकाले दुस्मनी नबनाई जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनुपर्ने बताए ।

उनले फरक प्रसंगमा बोल्दै कोभिड विरुद्धको खोप लगाउँन सबैलाई अनुरोध गरे । अस्ट्रानेनिका खोप तेस्रो पटक लगाउँनु पर्ने बताए । खोप नलगाएकाले अनिवार्य खोप लगाउन आग्रह गरे । राजनीतिमा पार्टी सभापतिले भक्तपुरलाई नहेरेको भन्ने कुरा गलत भएको भन्दै आफ्नो ध्यान भक्तपुरमा केन्द्रीत भएको देउवाले बताए । सहिद परिवारलाई दश लाख राहत दिने र राजनीतिमा अवसर दिने पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै मन्त्री कृष्णलाल भडेलले उखान तुक्काले अब मुलुक नचल्ने भएकाले सबै देश विकासमा लाग्न अनुरोध गरे । उनले भने, उखान तुक्काले चल्ने मुलुक अब होइन, हाम्रो अधिवेशन पनि आइरहेको छ, लोकतान्त्रिक विधिबाट अधिवेशन सम्पन्न गर्न अनुरोध गर्दछु ।

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस भक्तपुरका सभापति दुर्लव थापाले कसैलाई काखा र कसैलाई पाखा नगर्ने पार्टी काँग्रेस भएकाले लोभ लालच नगरि महाधिवेशन सम्पन्न गर्न सबै कार्यकर्तालाई अनुरोध गरे । महाधिवेशनमा पार्टीका कार्यकर्ताबीच आन्तरिक प्रतिस्पर्धा हुने र लोकतन्त्रको सौन्दर्य यहीं नै भएकाले लोभ त्याग्न अनुरोध गरे । केही मानिसहरु भत्ताका लालचले लोभिहरुको पछि पछि लागेको दावी गरे ।
थापाले भने, एउटै बाटोलाई दश ठाउँमा निरिक्षण गरेर, दश ठाउँमा शिलान्यास गरी कमिशन र भक्ता खाने, त्यसमा पनि हाम्रा केहि साथीहरु महेश बस्नेतको पछि पछि लागेर विकास निर्माणका कमिशन आए, अब त्यो लोभ त्याग्न अनुरोध गर्दछु ।
विकास निर्माणमा कमिशनको खेल बनाइरहेको प्रति विरोध गर्दै जिल्ला सभापति थापाले भक्तपुरका बारेमा पार्टी सभापति देउवालाई रिर्पोटिङ्ग गरेका थिए । पार्टीलाई बलियो बनाउँन कार्यकर्तालाई पार्टीप्रति बफादार बन्न आग्रह गरे । भक्तपुर बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा कार्यकर्ताको उल्यख्य सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.