भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपहिरो : सुरुङभित्र ३७ शव फेला, ११औँ दिन चिनियाँ नागरिकको जीवितै उद्धार | काठमाडौँका विभिन्न क्षेत्रमा आठ दिन बिजुली कटौती हुँदै, कुन ठाउँमा कहिले ? | स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम |

उच्चस्तरीय समितिः सरकार एमालेको इन्टेस्टमा चल्दैन

उच्चस्तरीय समितिः सरकार एमालेको इन्टेस्टमा चल्दैन

काठमाडौं । एमालेले सुन तस्करी प्रकरणका लागि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने भन्दै दुई सातादेखि संसद् अवरोध गरिरहेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्लाई सुनकाण्डबारे जवाफ दिँदै ६० दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई विश्वास गरिदिन आग्रह गरे ।

तर, गृहमन्त्रीको सम्बोधनलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ र ‘निबन्ध’को संज्ञा दिँदै एमालेले फेरि संसद् अवरोध गरेको छ । सुनकाण्डमा सरकारकै संलग्नता हुनसक्ने भन्दै उच्चस्तरीय छानबिन समिति वा आयोग बन्नुपर्ने एमालेको ठहर छ ।

तर सरकार समिति बनाउने कुरामा तयार नभएको र दोषीलाई उम्किन नदिएर कारबाहीको दायरामा ल्याएरै छाड्ने भएको छ । सुन प्रकरणमा अन्य राजैतिक दलले एमाले नै यो काण्डमा मुछिएको हुनाले बच्नका लागि उसले यस्तो अवरोधको नाटक गरिरहेको नेताहरुले बताएका छन् ।

सुन तस्करी प्रकरणमा मन्त्रीदेखि ठूला नेतासम्म छानबिनको दायरमा आउने देखिएपछि यस्तो बखेडा झिकिएको एक नेताले आरोप लगाए । एमालेकाे इन्टेस्टमा सरकार चल्न नहुने तर्क ति नेताकाे छ ।

 


Thali Mobile Pvt.Ltd.