भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

उच्चस्तरीय समितिः सरकार एमालेको इन्टेस्टमा चल्दैन

उच्चस्तरीय समितिः सरकार एमालेको इन्टेस्टमा चल्दैन

काठमाडौं । एमालेले सुन तस्करी प्रकरणका लागि छानबिन गर्न उच्चस्तरीय समिति गठन हुनुपर्ने भन्दै दुई सातादेखि संसद् अवरोध गरिरहेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्लाई सुनकाण्डबारे जवाफ दिँदै ६० दिन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई विश्वास गरिदिन आग्रह गरे ।

तर, गृहमन्त्रीको सम्बोधनलाई ‘इमोसनल ब्ल्याकमेलिङ’ र ‘निबन्ध’को संज्ञा दिँदै एमालेले फेरि संसद् अवरोध गरेको छ । सुनकाण्डमा सरकारकै संलग्नता हुनसक्ने भन्दै उच्चस्तरीय छानबिन समिति वा आयोग बन्नुपर्ने एमालेको ठहर छ ।

तर सरकार समिति बनाउने कुरामा तयार नभएको र दोषीलाई उम्किन नदिएर कारबाहीको दायरामा ल्याएरै छाड्ने भएको छ । सुन प्रकरणमा अन्य राजैतिक दलले एमाले नै यो काण्डमा मुछिएको हुनाले बच्नका लागि उसले यस्तो अवरोधको नाटक गरिरहेको नेताहरुले बताएका छन् ।

सुन तस्करी प्रकरणमा मन्त्रीदेखि ठूला नेतासम्म छानबिनको दायरमा आउने देखिएपछि यस्तो बखेडा झिकिएको एक नेताले आरोप लगाए । एमालेकाे इन्टेस्टमा सरकार चल्न नहुने तर्क ति नेताकाे छ ।

 


Thali Mobile Pvt.Ltd.