भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

माओवादी पार्टीको असली रुप ३ महिने अभियानमा देखिन्छः प्रवक्ता सापकोटा

माओवादी पार्टीको असली रुप ३ महिने अभियानमा देखिन्छः प्रवक्ता सापकोटा

काठमाडौं । भदौ १६ गतेदेखि सुरु हुने ३ महिने अभियान पार्टीको अन्तिम परीक्षाका रुपमा लिएको नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार भेटघाटमा सापकोटाले यस्तो बताएका हुन् ।

पार्टीले ३ महिने अभियानको परीक्षाबाट माओवादी पास भएर जाने बताए । उनले भने, ‘यो हामी सबैका लागि परीक्षा हो । यो परीक्षामा हामी सबै सामेल हुन्छौं । मलाई विश्वास छ यो परीक्षामा हामी उतीर्ण हुन्छौं । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं ।

त्यसपछि जनतामा जान्छौं यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव अन्तिम परीक्षा जस्तै हो ।’ सुन तस्करी प्रकरणलाई निस्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिवद्ध रहेको भन्दै प्रवक्ता सापकोटाले सुन प्रकरण ठीक ढंगले अनुसन्धान गर्न

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई जिम्मेवारी दिएको जानकारी दिए । यसलाई अगाडि बढाइछाड्ने माओवादी नेताहरुको प्रतिवद्धता र प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रीय कमिटी बैठकलाई समेत दोषी उम्कन नपाउने प्रतिवद्धता राखेको बताए ।

 


Thali Mobile Pvt.Ltd.