भर्खरै : Sorry, your browser does not support inline SVG.

उड्न ठिक्क परेको हवाईजहाजबाट यात्रुलाई ओरालियो

उड्न ठिक्क परेको हवाईजहाजबाट यात्रुलाई ओरालियो

हुम्ला । सिमकोट विमानस्थलबाट नेपालगञ्जका लागि उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा समस्या देखिएको छ । जहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ ।

एयरलाइन्सको नाइन एन–एबीयू कलसाइनको जहाज आज बिहान नेपालगञ्जबाट सिमकोट गएर पुनः नेपालगञ्ज फर्किने तयारीमा रहेको थियो । प्राविधिक समस्या देखिएको भन्दै उनीहरुलाई ओरालिएको हो । यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परेका छन् ।

नेपालगन्जबाट प्राविधिक बोलाएर जहाज बनाएको सिमकोट विमानस्थलले जनाएको छ । हवाईजहाजमा कस्तो खाले समस्या आएको हो खुलिसकेको छैन ।

 


Thali Mobile Pvt.Ltd.