उत्कृष्ट अंकसहित भक्तपुर अस्पताल पुरस्कृत

उत्कृष्ट अंकसहित भक्तपुर अस्पताल पुरस्कृत

काठमाडाैं । बाग्मती प्रदेश अन्तर्गत भक्तपुर अस्पताल प्रथम अंक सहित पुरस्कृत भएकाे छ । आर्थिक वर्ष २०७६/०७७ को वार्सिक समिक्षामा समग्र अस्पतालको विकाश, राष्ट्रिय नीति अनुसार स्वस्थ्यका सुचक (indicator), अस्पतालको गुणस्तर सुधारमा भक्तपुर अस्पतालले उत्कृष्ट अंक प्राप्तगरी पुरस्कृत भएकाे हाे ।

बागमती प्रदेशमा भक्तपुर अस्पताल र स्थानीय अस्पतालमा बगौड अस्पतालले प्रथम स्थान प्राप्त गरि पुरस्कृत भएकाेमा अस्पतालका मेसु डा.सुमित्रा गौतमले कर्मचारीलाइ बधाइ दिएकी छन् ।

भक्तपुर अस्पतालका सम्पूर्ण डाक्टर, नर्सिङ कर्मचारी, अहोरात खटिने कर्मचारीमा हार्दिक बधाई भन्दै सामाजिक विकास मन्त्री युबराज दुलाललाइ धन्यवाद दिएकी हुन् । सामाजिक विकास मन्त्रालयले दिएकाे निर्देशन र WHO काे मापदण्डलाइ अस्पतालले गम्भिरतापूर्वक लागु गरेकाेले अस्पतालकाे मुल्याङ्कन भएकाे डा.गाैतमले बताएकी छन् ।

 


Thali Mobile Pvt.Ltd.