भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

उत्तर ट्युनिसियामा २० आप्रवासीको शव फेला

उत्तर ट्युनिसियामा २० आप्रवासीको शव फेला

ट्युनिसिया । ट्युनिसियाको तटपारि भूमध्य सागरमा २० शव फेला परेको छ । युरोपतर्फ जान खोज्ने आप्रवासीका ती शव उत्तरपूर्वी ट्युनिसियाको नयेबुल शहर नजिक फेला परेको प्रहरीको भनाइ छ ।

शुक्रबार १२ शव र शनिबार थप ८ शव भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हाल फेला परेका शवलाई डीएनए परीक्षण र अन्य पहिचानका लागि स्थानीय अस्पतालतर्फ लगिएको बताइएको छ ।

यहाँ अझै थप शव भेटिने आशङ्का गरिएकोले खोजी कार्य जारी रहेको एपीले जनाएको छ । ट्युनिसियाको तट अफ्रिकी आप्रवासीका लागि कुख्यात मानिएको छ । अवैध रुपमा युरोपतर्फ जान खोज्ने सयौँ आप्रवासीले यस क्षेत्रमा ज्यान गुमाउने गरेको बताइएको छ ।

गत वर्ष मात्रै भूमध्य सागरको सो क्षेत्रमा १३ सय भन्दा धेरै आप्रवासी मारिएको आईओएमले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.