भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

डोटी । डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डोटीको के आई सिंह गाउँपालिका–१ लोलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

केआईसिंह गाउँपालिका डुम्राकोटडोटीमाका तेज तिरुवा र उनकी श्रीमती राधा तिरुवाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै जनाको उपचारको लागी सुजङ अस्पताल राजपुर डोटी पठाएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा डोटी केआइसिंह–१ महादेवका जीप चालक ३६ वर्षीय गोविन्द्र शाही र केआइसिंह–२ जारिमभाडीका ४१ वर्षीय धनबहादुर तिरुवा रहेका छन् ।

डोटीको दिपायलबाट केआईसिंह गाउँपालिका–१ घाँटलायातर्फ जादै गरेको सु.प.प्र.०१२३००१ च ३३२९ नम्बरको जिप सडकबाट ५०–६० मिटर तल खसेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.