भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै

उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनका लागि चुनाव हाेमिदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु भएको छ । साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्ने बताइउको छ । साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुने भएपछि नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि बुधबार निर्वाचन हुदैछ ।

उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष चुनिएको व्यक्ति तीन वर्षे कार्यकाल पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको छ ।नयाँ वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठ, रामचन्द्र सांघाई र उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

प्यानलसहित उम्मेदवारी घोषणा गर्दै उनीहरुले उद्योग व्यापारमैत्री वातावरण निर्माणका लागि सरकारसँग पहल गर्ने एजेण्डा अघि सारेका छन् । साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि राष्ट्रिय सदस्यका उम्मेदवार सुनील केसी भने यसअघि नै निर्विरोध भएका छन् । जिल्ला नगरतर्फबाट चुनिने एक उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, अरुणराज सुमार्गी र सुरजकृष्ण वैद्य प्रतिस्पर्धामा छन् ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल, मनीषलाल प्रधान र शकुन्तलाल हिराचन तथा एसोसिएटतर्फको उपाध्यक्ष पदमा भरतराज आचार्य र ज्योत्सना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

 


Thali Mobile Pvt.Ltd.