भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

उपकुलपतिको कुर्सीमा जुत्ताको माला, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

उपकुलपतिको कुर्सीमा जुत्ताको माला, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइएको छ ।

त्रिविले परीक्षामा प्रश्नपत्र दोहोरिएको विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाएको हो ।

प्रतिवेदन सार्वजनिक गर्न माग गरेको लामो समय वित्दापनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न नदिएपछि कुर्सीमा जुत्ताको माला लगाएको नेविसंघका उपसभापति लक्ष्मण भाटले बताए ।

उपकुलपतिलाई नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको उनको भनाइ छ । परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो ।

प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.