भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

एकैदिन नौ सङ्क्रमितको मृत्यु

एकैदिन नौ सङ्क्रमितको मृत्यु

कैलाली । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे ।

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्युभएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी बर्दगोरिया गाउँपालिका ४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उहाले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा दुई सङक्रमितको मृत्युभएका मध्ये टीकापुर नगरपालिका ७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.