भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

रिक्त भएका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो ।

सूचना जारी गर्दै बुधबारदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको आयोगले जनाएको छ । आगामी वैशाख १० गते, तनहुँ–१, बारा–२ र चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुने लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.