उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् ।

चीनको भ्रमणमा रहेका उनलाई हृदयाघात भएपछि राजधानी बेइजिङमा उपचार गराएर आज स्वदेश फर्किएका हुन् ।

यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो ।

बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.