दसैँमा दैनिक ५ सय मेगावाट विद्युत् खेर

दसैँमा दैनिक ५ सय मेगावाट विद्युत् खेर

काठमाडौं । विद्युत प्राधिकरणले दसैँको समयमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको बताएको छ ।

उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा दैनिक ५ सय मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने वाध्यात्मक अवस्था उत्पन्न भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

बचत भएको थप करिब ३ सय मेगावाट विद्युत निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाए पनि स्वीकृति नपाएको बताए । स्वीकृति नपाए अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.