भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

उपरथी शाहीको घरमा छापा

उपरथी शाहीको घरमा छापा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित शाहीको घरमा बिहीबार दिउँसो छापा मारेको हो ।

अहिले पनि शाहीको घरमा टोली रहेको सैनिक उच्च स्रोतले बताएको छ । आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा शाहीले रिट दायर गरेका थिए ।

अदालतले आदेश दिएसँगै हाजिर हुन उनी जंगीअड्डा जाने तयारीमा थिए । तर, सैनिक प्रहरी गणले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.