भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन

उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुदैछ ।

बेलुकी ५ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ । सत्ता घटक दलबाट ३ र नेकपा एमालेबाट एकजनाले उम्मेदवारी दिएका छन्।

जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादव र प्रमिला कुमारी यादव, जनमत पार्टीबाट ममता झा, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।

उपराष्ट्रपतिको निर्वाचत चैत्र ३ मा हुँदैछ।

 


Thali Mobile Pvt.Ltd.