काठमाडौं । त्रिपुरेश्वरको महादेव मन्दिर दर्शनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्यस क्षत्रमा पुगेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ का एमाले उम्मेदवार किरण पौडेलको चुनाव प्रचारको सिलसिलामा ओली त्रिपुरेश्वरको मन्दिरमा गएको सचिवालयले जनाएको छ ।
किरण पौडेलले काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाको संरक्षणलाई चुनावी एजेण्डा बनाएका कारण उनी त्यहाँ गएको पौडेल निकट कार्यकर्ताले बताए ।
