एकीकृत समाजवादीले पाँच नयाँ अनुहारलाई मन्त्रीमा सिफारिस ग¥यो, मेटमणिलाई शहरी विकास

एकीकृत समाजवादीले पाँच नयाँ अनुहारलाई मन्त्रीमा सिफारिस ग¥यो, मेटमणिलाई शहरी विकास image

काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सिफारिस गरेको हो । नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको समाजवादीले जनाएको छ । सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् ।

पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्री पार्टी कार्यालयमा पुगेका हुन् । आज बसेको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल भएको थियो । मन्त्री हेरफेर र टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको थियो ।

पार्टीले वर्तमान स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्यमन्त्रीका लागि सिफारिस गरेको छ भने जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगार मन्त्रीका लागि सिफारिस गरेको हो ।

हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका लागि सिफारिस गरेको छ । समाजवादीले वर्तमान पर्यटनमन्त्री आले, स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमार झाक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda