भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

एक हजार चोरेको आरोपमा पत्नीको हत्या

लुम्बिनी, । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा विवाद हुँदा पतिले घरको भित्तामा टाउको ठोक्काएर पत्नीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले यमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा हत्याको रहस्य खुलेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार बिहान सावित्री आफ्नै कोठामा टाउकोमा गहिरो चोट लागेको, कपालमा काठको टुक्रा र कोठामा रगत बगेको र छिटा देखिएको तथा शरीरका विभिन्न भागमा नीलडामसमेत रहेको अवस्थामा फेला पारेको थियो । यमबहादुरलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.