भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ

अवैध मुद्रा कारोबारको आरोपमा पाँचजना पक्राउ

कर्णाली, । अवैध मुद्रासम्बन्धी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ देउती टोलस्थित नास्ता पसलमा अवैध मुद्रासम्बन्धी कारोबार गरिरहेको सूचनाको आधारमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँका २३ वर्षीय समर विक, दैलेखको भगवतीमाई गाउँपालिका–४ का १९ वर्षीय मदन विक, जाजरकोटको छेडागाड नगरपालिका–५ का २४ वर्षीय निमबहादुर विक, ३३ वर्षीय रत्नबहादुर नेपाली र जाजरकोटकै कुशे गाउँपालिका–५ का ३२ वर्षीय शान्तबहादुर बादी छन् ।

सादा पोसाकमा खटिएका प्रहरीले उनीहरुको साथबाट छालाको मुद्राजस्तो देखिने ११११ लेखिएको विभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छालाजस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका पत्थर, बारुदजस्तो देखिने सानो डिब्बा बरामद गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.