काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । सांसद् सुवाले मंगलबारको प्रतिनिधि सभा बैठकमा एमसीसी अमेरिकी सहयोग परियोजनामात्र नभएर इन्डोप्यासिफिक रणनीतिअन्तरगत सैन्य रणनीति भएको बताउँदै संसदबाट अनुमोदन हुन नहुने बताएका हुन् ।
त्यस्तै सांसद सुवालले नेपालको संसदमा पेशै नभएको एमसीसीका समर्थक भारतका लागि प्रस्तावित नेपाली राजदुत शंकर शर्मालाई फिर्ता बोलाउनु पर्ने माग राखे । सुवालले देशको सार्वभौमितामा नै आँच आउने गरि राष्ट्रघाती एमसीसी आएकाले यसको खारेजी हुनुपर्ने माग राखे ।
प्रतिनिधिसभा बैठकमा बिभिन्न अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्दै सांसद सुवालले प्रतिपक्षी दलको विरोधका बावजुतपनि अध्यादेश ल्याउनु संसदीय मर्यादा विपरित भएको बताए । यसरी नै कतै राष्ट्रघाती एमसीसी पनि संसदमा पेश हुनेमा आशैका व्यक्त गर्दै विरोध गरे ।
त्यस्तै सुवालले यौन हिंसा विरूद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ माथ विराेधको सूचना पेश गर्दै यौन हिंसा गर्ने जोकोहीलाई मृत्युदण्ड दिने व्यवस्था नभएकाले विरोध फिर्ता नलिने बताए ।
