भर्खरै : Sorry, your browser does not support inline SVG.

एमालेको घोषणापत्रमा कुनै गन्तव्य छैनः भीम रावल

एमालेको घोषणापत्रमा कुनै गन्तव्य छैनः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको घोषणापत्र गन्तव्यविहीन भएको बताएका टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले मंगलबार सार्वजनिक गरेको घोषणापत्र सत्ता स्वार्थको माध्यममात्रै भएको बताए । घोषणापत्रबारे उनले उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यममात्र भएको बताए ।

एमाले राप्रपा, राप्रपा नेपाल, जसपासहित अन्य दलसँग सिद्धान्त बाहिर गएर तालमेल गरेको भन्दै असन्तुष्टि पोखे ।

उनले भने, ‘कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।’ नेता रावल पार्टी नेतृत्वसँग पछिल्लो समय रुष्ट छन् ।

उनी अछाम १ बाट सर्वसम्मत सिफारिस हुँदासमेत टिकट नपाएपछि अध्यक्ष ओलीसँग थप चिढिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.