भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

एमालेमा विवाद मिलाउन कार्यदल

एमालेमा विवाद मिलाउन कार्यदल

काठमाडौ । सत्तारुढ नेकपा एमाले का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शङ्कर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपालका पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको नेता नेपालले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले कार्यदललाई तीन दिनको समय दिइएको र आवश्यकतानुसार थप्न सकिने बताउनुभयो । भेटवार्ताबाट निस्किएपछि अध्यक्ष ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै छलफल ‘सकारात्मक’ भएको बताउनुभयो ।

पार्टीलाई सर्वोच्च अदालतको गत फागुन २३ को फैसला बमोजिम नेकपा माओवादी केन्द्र सँगको एकतापूर्व २०७५ जेठ ३० को अवस्थामा पार्टीका सङ्गठन र संरचनालाई सञ्चालन गर्नुपर्ने आवाज नेता नेपाल पक्षले उठाउँदै आएको छ । सो विषयमा शीर्ष नेता र दोस्रो तहका नेताबीच पछिल्ला दिनमा छलफल हुन थालेपछि पार्टीमा विभाजन हुन सक्ने आशङ्का अन्त्य भएको छ ।

 


Thali Mobile Pvt.Ltd.