भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने | १२ जिल्लाका साना नदीमा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह | १ लाख रुपैयाँ चोरीको विवादपछि नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको हत्या, मुख्य आरोपी पक्राउ | बिल लिने उपभोक्तालाई सरकारले दिने भयो १० लाखसम्म नगद उपहार, नयाँ कार्यविधि लागू |

एमिकस क्युरीको बहस आज पनि

एमिकस क्युरीको बहस आज पनि

काठमाडौं । एमिकस क्युरीले आज पनि संसद विघटनको विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ । मंगलबारदेखि सुरु भएको एमिकस क्युरीको बहसमा बद्रिबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए ।

खरेलले संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गरेका थिए भने मैनालीले संसद विघटन प्रधानमन्त्रीको अधिकार भएको जिकीर गरिरहदा मत बाझिएको थियो ।

आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले आज बहस गर्ने बताइएको छ । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ ।

एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.